झापा / उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका- ३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिक रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका साढे ६ बजे अजय मल्लिक र उनको श्रीमती पुनीत मल्लिकले उनकै बहिनी शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका थिए ।
घाइते भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।