काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले शुक्रबार रथयात्राको शुभारम्भ गरेकी हुन् ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सहभागी हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन् । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए ।
सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिएपनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्राले सहरका बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।