बिर्तामोड / इलाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापा तर्फ आइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम १ स्थित नेपालटार सडक खण्डमा दुर्घटना भएको हो ।

 दुर्घटनामा परी दश महिने बालकसहित २१ वर्षीय मनिस तामाङ, २४ वर्षीय लोकेन्द्र सिलवाल, ३० वर्षीया मिना खतिवडा, २१ दिवन राई, २२ वर्षीया मञ्जरी राई, ५३ वर्षीय इन्द्रबहादुर कार्की, ५६ वर्षीय जित बहादुर थेवे, ३२ वर्षीया अप्सरा राई, ५१ वर्षीय प्रेम तामाङ, ५३ वर्षीय दिपेन्द्र कोइराला, २७ वर्षीय सुरेन राई र सवारी चालक चुडामणि घिमिरे घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

 घाइतेहरूको जिल्ला अस्पताल इलाम उपचार भइरहेको र चार जनाको अवस्था गम्भिर भएका कारण उनीहरूको थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए ।  दाहालका अनुसार जिप अनियन्त्रित भइ सडकबाट अन्दाजी ३ सय मिटर तल पुवाखोला नजिकै झरेर दुर्घटना भएको हो ।