बिर्तामोड / झापाको कनकाई नगरपालिका -८ मा रहेको पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नवीन ओलिको ६ वर्षीय छोरा सर्वजित् ओली रहेका छन् ।

हिजो दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरिङ खोला छेउबाट हराई बेपत्ता भएका थिए । हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षिणमा बालकको मृत अवस्थामा भेटिएको थियो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।