समाचार

    Showing 19,911-19,920 of 25,968 items.
  • कचनकवल गाँउपालिकाले ३८ जना शिक्षकलाई निष्कासन गर्यो

    झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई बिना जानकारी सेवाबाट निष्कासन गरेको छ। बैशाख ५ गते देखि विद्यालयमा हाजिर हुन नदिनेगरी उनीहरुलाई सामूहिक रुपमा निष्कासन गरिएको हो ।गाउँपालिका कार्यालयले बैशाख ४ गते सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक , मावि कम्प्युटर शिक्षक , अनुदान शिक्षक तथा बाल शिक्षक एवं करार शिक्षकहरुलाई बैशाख ५ देखि कामबाट निष्कासन गरेको जनाएको छ । गाउँपालिकाको गत पौष २५ गतेको बैठकले सो निर्णय गरेको थियो ।योग्यता र शिक्षण अनुमति पत्र नभएका कारण कार्यपालिकाको निर्णयले हटाएको शिक्षा शाखा प्रमुख मनिता

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 431 पटक पढिएको
  • राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिंदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लगिंदै।छातीमा संक्रमण देखिएका उनलाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लैजान लागिएको हो।पौडेललाई उपचारका लागि नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्समा लैजान लागिएको हो।स्वास्थ्यमा समस्या आएपछि गत साता तीन दिन अस्पताल बसेर फर्केका उनी मंगलबार बेलुकी फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।​​​​​​​

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 221 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

    काठमाण्डौ । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ णम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 229 पटक पढिएको
  • चीनको बेइजिङमा अस्पतालमा आगलागीहुदा २१ जनाको मृत्यु

    एजेन्सी  ।  चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको खबर छ ।  आगलागीलगत्तै खटिएका अग्नि नियन्त्रकले झन्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।  अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । &n

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 225 पटक पढिएको
  • गठबन्धनका शीर्ष नेताहरू तनहुँ चुनावी सभालाई सम्बोधन गर्न जाँदै

    काठमाडौं  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदै छन ।तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ  जान लागेका हुन। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 198 पटक पढिएको
  • उपनिर्वाचन प्रचारप्रसारमा हेलिकप्टर प्रयोग गर्न नपाइने: निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।निर्वाचन प्रयोजनका लागि लागू भएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड ९५० मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । यो व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाउन् भन्ने उद्देश्यले राखिएको आयोगले स्पष्ट पारेको छ ।आयोगका स

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 172 पटक पढिएको
  • राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना छातीमा इन्फेक्सन

    काठमाडौं  ।  राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डाक्टर नीरज बम नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परिक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिपछि पौडेललाई अस्पताल भर्ना गरेर उपचार भैरहेको नीजी सचिव चिरन्जिवि अधिकारीले जानकारी दिनुभयो । उहाँको स्वास्थ अवस्थामा क्रमिकरुपमा सुधार भइरहेको पनि सचिव अधिकारीले वताउनु भयो ।प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुग्नु भइ राष्ट्रपतिको स्वास्थ अवस्था बारेमा जानकारी लिनु भएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 196 पटक पढिएको
  • मिटरब्याजी रामबाबु यादव पक्राउ

    सिरहा  ।   जिल्ला प्रहरी कार्यालय सिरहाले ठगी मुद्दामा सिरहाको औरही गाउँपालिका-३ खजनपुरका मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ ।उनीमाथी ठगी गरेको आरोपमा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता (प्रहरी नायब उपरीक्षक) डिएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिएका छ्न ।मिटरव्याजी ठगी मुद्दामा अहिलेसम्म पाँच सय बढी निवेदन दर्ता भएकोमा एकजना मिटरब्याजी ठगी मुदामा यादव पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 164 पटक पढिएको
  • पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको विषयमा गरेको निर्णय खारेज

    काठमाण्डौ  ।   पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रबारे गरेको निर्णयलाई खारेज गरेको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धमा बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुरा निजी कम्पनीलाई दिने पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेले गरेको निर्णय खारेज गर्ने निर्णय गरेको हो ।मन्त्री शर्माले तत्कालीन गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिनेगरी स्वीकृत गरेको कार्यविधि खारेज गरिएको मन्त्री शर्माले बताउनुभयो

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 200 पटक पढिएको
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु

    काठमाडौं  ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शुरुवात गर्नुभयो ।प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो सम्वाद गर्नुभएको थियो ।मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.