समाचार

    Showing 19,721-19,730 of 25,966 items.
  • मन्त्रालयका कर्मचारी बेगनास तालमा मृत भेटिए

    पोखरा । पराराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनास तालमा सोमबार मृत भेटिएका छन् ।  विराटनगर राजवंशी चोकका अनुप भण्डारी   परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा नासुमा कार्यरत थिए । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो । भण्डारी आइतबार राति मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुम

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 269 पटक पढिएको
  • पशुपतिको शवदाह गृहमा निःशुल्क दाह संस्कार

    काठमाडौं  ।   सरकारले पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा निःशुल्क दाह संस्कारको प्रबन्ध गर्ने भएको छ । आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको कोषका सदस्य सचिव डा. मिलन थापाले जानकारी दिए ।सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्ये एउटा मात्र सञ्चालनमा रहेका छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 152 पटक पढिएको
  • संसद बैठकको सुरुमै हंगामा, सांसद सिंह सदनमै नाङ्गै भए

    काठमाडौं । प्रि-बजेटबारे छलफल गर्न प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो । बैठकको कारबाही प्रारम्भ भएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा विशेष समयको प्रवन्ध नगरिएको जनाएपछि सांसदहरुले उठेर आपत्ति जनाएका छन् ।सभामुखले विशेष समय नछुट्याएको विरोधमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेका छन् । सभामुखले सदनभित्र सव्य व्यवहार प्रस्तुत गर्न आग्रह गर्दै संसद नियमावलीको नियम ३० अन्तर्गत बैठकमा असव्य व्यवहार नगर्न चेतावनी दिए । सभामुखको चेतावनी पछि सांसद सिंहले आफ्नो कपडा लगाएका छन्

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 268 पटक पढिएको
  • ढाकाकुमारले दिए सर्वोच्चमा उजुरी, आज सुनुवाइ

    काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमी बार्गेनिङ गरेपछि कारबाहीमा परेका रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ सांसद पदमा पुनः बहालीको माग गर्दै सर्वोच्च पुगेका छन्। उनले प्रसाईँसँग २ करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएको थियो । ७२ घण्टाभित्रै रास्वपाले उनलाई कारबाही गरेको हो ।तर श्रेष्ठले संसदीय कानून विपरीत आफूलाई कारबाही गरेको भन्दै पुनः बहालीको माग गरेका हुन् । श्रेष्ठको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनी सांसदबाट हटेको सूचना सभामुखले संसद्लाई जानकारी गराइसकेका छन्। उनको ठाउँमा एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 179 पटक पढिएको
  • भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवा नै फर्कियो

    काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो ।भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो । यात्रुहरू जहाजभित्रै छन् ।चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन । जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 398 पटक पढिएको
  • मुगुमा हिमपहिरो हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ

    काठमाण्डौ   ।  मुगुको च्याखु लेकमा हिमपहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।  यही २२ वैशाखमा नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 291 पटक पढिएको
  • पेरुको सुनखानीमा आगलागी हुँदा २७ जनाको मृत्यु

    एजेन्शी  ।  पेरुको एक सुनखानीमा आगलागी भएपछि २७ जनाको मृत्यु भएको छ। यो दुर्घटना दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ।दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ। बाँकी अन्यलाई जीवितै उद्दार गर्ने सम्भावना लगभग समाप्त भएको अधिकारीहरुले बताएका छन्। एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ।दुर्घटनाग्रस्त खानीको अध्ययनका लागि ३० जना विशेषज्ञ अधिकारीहरुलाई घटनास्थलतर्फ पठाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। खानी रहेको पहाडी क्षेत्रबाट आगो र धुँवाको मुस्लो निस्किएका दृश्यहरु सार्वजनिक भएका छन्। खानीमा आगलागी भ

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 178 पटक पढिएको
  • भारतमा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

    काठमाडौं  ।   भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।आइतवार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन्। २५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ।राति दुर्घटना भएकाले उद्धार तथा खोजीका लागि उद्धारकर्मी रातभर खटिएका थिए। अझै केही मानिस बेपत्ताको आशंकामा उद्धार कार्य बिहान पनि जारी छ। दुर्घटनाको कारण अझै खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरी रहेको त्यहाँको प्रहरीले जनाएको छ।​ डुंगामा क्षमताभन

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 151 पटक पढिएको
  • आज संबैधानिक परिषदको बैठक बस्दै

    काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ।उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो। उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन।संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो। संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 191 पटक पढिएको
  • ब्याट्री लिलाम प्रकरणमा टेलिकमका वरिष्ठ सहायक लामिछाने दोषी

    काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछाने सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।साथै इजलासले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न आदेश दिएको छ ।लामिछानेमाथि नेपाल टेलिकमको बोलपत्रअन्तर्गत ब्याट्रीको लिलामी समाप्त भएपछि नेपाल टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको आरोप लगाइएको थियो ।लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा २९ गते विशेष अदालतमा मुद्दा दायर गरे

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 219 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.