समाचार

    Showing 19,351-19,360 of 25,966 items.
  • बिर्तामोड नगरपालिका : कोशी प्रदेश लेखिएको साइन बोर्ड पहिचानवादी मेटाए

    बिर्तामोड / बिर्तामोड नगरपालिकाको साइन बोर्डमा पहिचानवादीहरुले प्रदेशको नाम मेटाइदिएका छन् । कालो झण्डा सहित बिहान १० बजे आएको एउटा समुहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएर १ प्रदेश लेखेको हो । बिर्तामोडका वडा कार्यालयमा पनि उक्त समुहले प्रदेशको नाम मेटाएर १ प्रदेश लेखेको जनाईएको छ ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 839 पटक पढिएको
  • झापाको बाह्रदशीबाट गाँजासहित ६१ वर्षीय पुरुष पक्राउ

    काठमाडौँ / झापाको बाह्रदशी गाउँपालिका- ६ महारानी झोडाबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् । विशेष सूचनाको आधारमा शनिबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले निजको घरको सुत्ने कोठामा रहेको झोला चेक जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा दुई किलो ५०० ग्राम गाँजा बरामद भएसँगै निजलाई पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेका सुनारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 566 पटक पढिएको
  • कतारमा झापाका राजवंशीको मृत्यु

    काठमाडौँ / कतारमा रहेका झापाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी गौरीयाडाँगी निवासी जगदीश राजवंशी रहेका छन् । हिजो बिहान अचानक रिँगटा लागेर लडेका राजवंशीको  निधन भएको गौरीगञ्जका बताइको छ । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 512 पटक पढिएको
  • स्कुटर दुर्घटनामा परि बाबुको मृत्यु, छोरी घाइते

    काठमाडौं / स्कुटर दुर्घटनामा परि भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटी रहेका छन् ।  कृष्ण कुमारले चलाएको बा ९३ प ५८८१ नम्बरको स्कुटर स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना  हुँदा  स्कुटर सवार छोरी १९ वर्षीया अनिता त्वाटी घाइते भएकी छिन् ।  उनको डा इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १७, २०८०
    • 269 पटक पढिएको
  • १० वर्षीया बालिका बलात्कृत : ६५ वर्षीय भारती पक्राउ

    काठमाडौँ / रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका- ५ का शिव भारती छन् । उनलाई  शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए ।शुक्रबार दिउँसो घर आसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन् । ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन् । त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो  । आरोपीमा

    • प्रकाशित मितिः असार १७, २०८०
    • 523 पटक पढिएको
  • श्री एयरलाइन्सका सबै उडान स्थगित

    काठमाडौँ / श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।  एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिने छन् । शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौँ नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 494 पटक पढिएको
  • आजको प्रतिनिधिसभा बैठकमा आर्थिक विद्येयकमा छलफल हुने

    काठमाडौँ / आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा आर्थिक विद्येयक २०८० माथि छलफल हुनेछ भने सो विद्येयक माथ प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित ग

    • प्रकाशित मितिः असार १७, २०८०
    • 297 पटक पढिएको
  • नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

    काठमाडौँ / नारायणगढ-मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना-५ को तुईनखोला नजिकै गएराति १२ बजे ठुलो पहिरो गएको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ । पहिरो विहीवार र शुक्रबारको भन्दा ठुलो भएकाले पन्छाउन लामो समय लाग्ने देखिएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु भएको छ । सडक कहिलेसम्म खुल्ने भन्ने यकिन नभएका कारण यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । पूर्व र पश्चिमबाट काठमाडौँ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ’लाइफलाइन’ पनि भन्ने गरिन्छ ।यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक स

    • प्रकाशित मितिः असार १७, २०८०
    • 420 पटक पढिएको
  • ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीको बयान लिने तयारी

    काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा सङ्गठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो ।सङ्गठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सीआइबीले पक्राउ परेका र पक्राउ पर्न बाँकी सबैलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई सङ्गठित अपराध ऐनअन्तर्गत अनुसन्धानमा सङ्गठित अपराध गरेको ठहर हुने भए किर्ते बाहेकको अर्को मुद्दा पनि लाग्नेछ । प्रहरीले शुक्रबार मी

    • प्रकाशित मितिः असार १७, २०८०
    • 402 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट

    • प्रकाशित मितिः असार १७, २०८०
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.