समाचार

    Showing 19,301-19,310 of 25,966 items.
  • गोली लागेर भोजपुरमा एक युवकको मृत्यु

    झापा / गोलीले लागेर  भोजपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा  भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधान रहेका छन् । गत असार २२ गते मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु भएको प्रहरीले जनाएको हो । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।घटना  असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पुरिएको अवस्थामा फेला परेको

    • प्रकाशित मितिः असार २५, २०८०
    • 227 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।राती भने देशभर सामा

    • प्रकाशित मितिः असार २५, २०८०
    • 220 पटक पढिएको
  • बालयौन दुरुपयोग मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

    बिर्तामोड / झापाबाट बालयौन दुरुपयोग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ  छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका -२ का माइला भनिने ४१ वर्षीय होमबहादुर पाठक रहेका छन् । झापा जिल्ला अदालतको २०७९।०३।०७ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा फरार रहेका पाठकलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो ।  शनिबार पक्राउ परेका पाठकलाई आज फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः असार २४, २०८०
    • 301 पटक पढिएको
  • भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद

    बिर्तामोड / झापाको कनकाई नगरपालिका-३ माईपुल छेउ स्थितबाट प्रहरीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले २,५६,४४० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो । शुक्रबार बेलुका संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाने बिभिन्न सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा कटन ब्लाउज १७६ पिस, राधे राधे गम्छा, १७६ र साडी ४५ थान बेवारिसे अवस्थामा फेला पारेको थियो । बरामद भएका उक्त कपडा आवश्यक कारवाहीको लागी आज मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले ज

    • प्रकाशित मितिः असार २४, २०८०
    • 368 पटक पढिएको
  • बाढीले बगाएर दुई भारतीय सैनिकको मृत्यु

    एजेन्सी / भारतको जम्मु-कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु राम रहेको जनाइएको भारतीय सेनाले पुष्टि गरेको छ । बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु-कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए । जम्मु-कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । त्यहाँका धेरै सडक अवरूद्ध भएका छन् भने स्थानीय नदीको बहाव निकै बढेको छ । 

    • प्रकाशित मितिः असार २४, २०८०
    • 250 पटक पढिएको
  • दयाहाङ , सौगात र बेनिशा हमालको हात्तीछापको छायांकन सुरु

    काठमाडौं / अघिल्लो वर्षको सुपरहिट फिल्म ‘दुई नम्बरी’ को स्टारकास्टलाई लिएर फिल्म ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरा आसपासमा हुनेछ ।छायांकन सुरु भएसँगै फिल्ममा अभिनेत्री बेनिशा हमालको प्रवेश भएको छ । सिमोससँग उनको यसअघि ‘झ्यानाकुटी’मा सहकार्य भएको थियो । ‘हात्तीछाप’मा बेनिशासँगै दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, वि

    • प्रकाशित मितिः असार २४, २०८०
    • 225 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    काठमाडौँ / सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीच छलफल जारी छ ।प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको हो ।उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ । उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 295 पटक पढिएको
  • तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा परि २ बालकको मृत्यु

    झापा / सर्लाहीको पर्सा गाउँपालिका- ४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए । शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घर भन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो । 

    • प्रकाशित मितिः असार २४, २०८०
    • 203 पटक पढिएको
  • जंगली च्याउको सेवनले ११ जना बिरामी

    काठमाडौँ  / जंगली च्याउ सेवनले डोटीमा- ११ जना बिरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–५ इन्द्रचोकका ११ जना बिरामी परेका हुन् । विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरू अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 273 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै , तीनवटा विधेयक प्रस्तुत हुने

    काठमाडौँ  / प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल गर्ने कार्यसूची छ ।यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछ

    • प्रकाशित मितिः असार २४, २०८०
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.