समाचार

    Showing 19,251-19,260 of 25,966 items.
  • महिलाहरूलाई आत्मनिर्भर बनाउन बुद्धशान्तिमा सिलाई कटाई तालिमपछि मेसिन वितरण

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -४ का १० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाई तालिमपछि मेसिन वितरण गरिएको छ । बुद्धशान्ति - ४ वडा कार्यालयबाट सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम पश्चात निःशुल्क मेसिन वितरण गरिएको हो । सिलाई कटाई सम्बन्धी आधारभुत तालिम लिइसकेका महिलाहरूलाई दिएको एडभान्स कोर्षको समयावधि १ महिनाको रहेको थियो । महिलाहरूलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको सहजीकरण यमुना बजगाईँले गरेकी थिइन् ।वडाध्यक्ष शेर बा रायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलको आतिथ्यता रहेको

    • प्रकाशित मितिः असार २९, २०८०
    • 962 पटक पढिएको
  • बुद्धशान्तिको भाइरल रूख वरपर रोपियो गुलमोहरका बिरुवा

    बिर्तामोड / पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको बुद्धशान्ति गाउँपालिका ४ बर्ने चिया कमानसँगै रहेको भाइरल रूख (गुलमोहर) वरपर वृक्षारोपण गरिएको छ । पूर्वमा पर्यटकीय स्थलको रुपमा  विकास हुँदै गएको यस स्थानमा आज बिभिन्न प्रकारका गुलमोहर, अमला, अम्बा लगायतका बिरुवा रोपिएको हो । सुन्दर र आकर्षक बनाउने उद्देश्यले जिल्ला बन कार्यालयबाट प्राप्त भएको  बिभिन्न प्रजातिका ४०० बिरुवा रोपन गरिएको वडाध्यक्ष शेर बा रायले जानकारी दिए । बुद्धशान्ति गाउपालिका र वडा न -४ को संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , विभिन्न राजनैतिक दलका प्रतिन

    • प्रकाशित मितिः असार २९, २०८०
    • 291 पटक पढिएको
  • काठमाडौंबाट झापा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

    काठमाडौं / बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाई झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

    • प्रकाशित मितिः असार २९, २०८०
    • 155 पटक पढिएको
  • युनिफर्म लगाएर भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा

    काठमाडौँ / प्रहरी युनिफर्म लगाएर टिकटक भिडिओ बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो ।२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए ।उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना  र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो ।‘पहिलोपटक चेतावनी दिन्छौँ । दोहोरिएमा एक दिनको तलब कतौटी गर्नेदेखि बढुवा रोक्का सम्म हुन्छ,ʼ डिआइजी कडायतले भने ।२०७७ असो

    • प्रकाशित मितिः असार २९, २०८०
    • 129 पटक पढिएको
  • यस्तो छ आजको सुन चाँदीको बजार भाउ

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । बिहीबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको भाउ आज ४० रुपैयाँले बढेको छ । बिहीबार १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असार २९, २०८०
    • 115 पटक पढिएको
  • हजुरबुबाको कुटपिटबाट २ वर्षीय नातिको मृत्यु

    झापा / बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै हजुरबुबाको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरू मध्ये एकको मृत्यु  गएको छ ।  कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा बिहीबार  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्स्पेक्टर लोकराज जोशीले बताए ।  अर्का घाइते रिजन साउदलाई पनि डडेलधुरामा उपचार हुन नसकेपछि हिजो राती नै धनगढी रेफर गरिएको छ ।  उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बाजेको कुटपिटबाट स्थानीय दीपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भी

    • प्रकाशित मितिः असार २९, २०८०
    • 141 पटक पढिएको
  • नम्बर नखुलेको बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बिर्तामोड / झापाको मेचीनगर–१२ धाइजनस्थित मेची लोकमार्गमा नम्बर नखुलेको बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय राजन बिक रहेका छन् ।  हिजो साँझ उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बोलेरो जिपले बिकलाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असार २९, २०८०
    • 112 पटक पढिएको
  • सप्तकोसीमा ट्रक खस्यो, कुनै मानवीय क्षति भने भएन

    झापा / पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सप्तकोसी नदीमा खसेको छ । आज बिहान पौने आठ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदै कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । सप्तकोसीमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको सकुशल उद्धार गरिएको र हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार २९, २०८०
    • 118 पटक पढिएको
  • आज आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती

    काठमाडौँ / नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गरेका थिए ।  वि सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्र

    • प्रकाशित मितिः असार २९, २०८०
    • 141 पटक पढिएको
  • झापाबाट काठमाडौं तर्फ जाँदै गरेको बस चितवनको दासढुङ्गामा दुर्घटना

    झापा / झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको बस चितवनको दासढुङ्गामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं -२९ दासढुङ्गामा बस दुर्घटना भएको हो । आज बिहान ५: २० बजे  बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएको  हुन् ।दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । घाइतेहरूमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै १० मिटर तल खसेर र

    • प्रकाशित मितिः असार २९, २०८०
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.