काठमाडौँ / काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी ५५ वर्षीया अभया विश्वकर्मा शनिबार दिउँसो पक्राउ परेकी हुन् । विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस हिरा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / पर्वतको कुश्मा नगरपालिका- ३ दुर्लुङमा गएराति भएको जिप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् ।
काठमाडौँ / रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन् ।
काठमाडौँ / सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट निकालेको र्याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । यसक्रममा सहकारी पीडितहरूले सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।र्याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सहकारी पीडित बचतकर्ता महासंघ समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी तथा फरार रहेका सञ्चालक माथि कारबाही लगायतको माग गर्दै प्रदर्शन गरेको हो ।

झापा / पर्वत गएराति जिप दुर्घटना हुँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । जिल्लाको कुश्मा नगरपालिका- ३ दुर्लुङको गौडामुनिमा जिप दुर्घटना हुँदा घाइते भएकी कुश्मा- ३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नं को जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानक

बिर्तामोड / देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच वर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार वर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८० देखी २०८५ सम्मका लागि आफ्नो रणनीति योजना तयार गरेको हो ।मनमोहनले पाँच वर्ष भित्र कुन कुन विषयको के कसरी पठनपाठन गराउने , भौतिक पूर्वाधार अनि दक्ष जनशक्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरूलाई कुन मूल्याङ्कनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच वर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेलले बताए । उपकुल
काठमाडौँ / हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू- भागमा आंशिक बदली रहेको छ । साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू/भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -४ का १० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाई तालिमपछि मेसिन वितरण गरिएको छ । बुद्धशान्ति - ४ वडा कार्यालयबाट सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम पश्चात निःशुल्क मेसिन वितरण गरिएको हो । सिलाई कटाई सम्बन्धी आधारभुत तालिम लिइसकेका महिलाहरूलाई दिएको एडभान्स कोर्षको समयावधि १ महिनाको रहेको थियो । महिलाहरूलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको सहजीकरण यमुना बजगाईँले गरेकी थिइन् ।वडाध्यक्ष शेर बा रायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलको आतिथ्यता रहेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.