समाचार

    Showing 19,161-19,170 of 25,965 items.
  • ठगी प्रकरणमा श्रीमतीको पनि संलग्नता देखिएपछि सोमराजकी श्रीमती पक्राउ

    बिर्तामोड / प्रहरीले सोमराज विश्वकर्मा ठगी प्रकरणमा उनकी श्रीमतीलाई पनि पक्राउ गरेको छ । झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराजको ठगी प्रकरणमा उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालका अनुसार अनुसन्धानको क्रममा श्रीमतीको पनि संलग्नता देखिएपछि इलाका प्रहरी कार्यालय दमकले उनलाई (हिंजो) बुधबार घरबाट नै पक्राउ गरेको हो । सोमराज विरुद्ध साढे २४ करोड ठगी गरेर फरार भएका आरोप रहेको छ ।  पक्राउ परेकी सुभद्रा विश्वकर्मा विरुद्ध पनि ५/६ जना पीडितले किटानी जाहेरी दिएको र जाहेरी बढ्ने क्रममा रहेको प्रहरी

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 215 पटक पढिएको
  • अर्थमन्त्री महतद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    काठमाडौं / केही दिनअघि मात्र ठूलो मात्रामा विमानस्थल बरामद भएको सुनको विषयलाई लिएर अर्थमन्त्री प्रकाशशरण महतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको समयमा उनले विमानस्थलको निरीक्षण गरेका हुन् ।  विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछ समेत गरेका छन् । विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 100 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् । एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 98 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई ७ दिन म्याद थप

    काठमाडौँ / बालुवाटारस्थित  ललिता निवास जग्गा  प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको  हो । आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध मुलुकी ऐन २०२० अन्तर्गत सरकारी कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 149 पटक पढिएको
  • विषालु च्याउको सेवनले दुई जनाको मृत्यु

    झापा / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका- ६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरूले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ  पकाएर खाएका जनाइएको छ ।  जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरूको उपचारपछि निको भएका छन् । बिरामी भएका लिला  र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चित

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 112 पटक पढिएको
  • पाँचथर जिप दुर्घटना अपडेट : घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

    झापा / मंगलबार बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै जिप (बोलेरो) दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना बिक रहेकी छिन् ।दुर्घटनामा परि सख्त घाइते भएकी उनलाई थप उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल ल्याइएको थियो । उनको गए राति उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता मिलन थापाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परि घटना स्थलमै मृत्यु हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम बनेम रह

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 192 पटक पढिएको
  • स्रोत नखुलेको २४ लाख १३ हजार नगद सहित एक जना पक्राउ

    झापा / स्रोत नखुलेको २४ लाख १३ हजार नगद सहित कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन् ।अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–१ स्थित नयाँ टोलबाट विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रुपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रुपैयाँसहित गुप्तालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 166 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान निरीक्षक मृत्यु

    झापा / सर्लाहीको ईश्वरपुर नगरपालिका- ९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ  फुलजोर त्रिभुवननगर हुलाकी सडक अन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मङ्गलबार कार्यालयको काम सकेर घर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुर्घट

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 180 पटक पढिएको
  • खैरो हेरोइन सहित मेचीनगरबाट एक युवक पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका स्थितबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका वडा नं -४ आइतबारेका २७ वर्षीय धिरज हिमाङ् रहेका छन् ।मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको हिमाङ्लाई चेकजाँच गर्दा लगाएको जुत्ता भित्र लुकाएको  ३५ ग्राम खैरो हेरोइन सहित फेला परेको थियो । पक्राउ परेका हिमाङ्लाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 152 पटक पढिएको
  • आज यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी ,बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भु- भागका केही स्थानहरूमा तथा बाँकी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू- क्षयका जस्त

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.