झापा / स्रोत नखुलेको २४ लाख १३ हजार नगद सहित कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन् ।

अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–१ स्थित नयाँ टोलबाट विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रुपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रुपैयाँसहित गुप्तालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।