झापा / मंगलबार बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै जिप (बोलेरो) दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना बिक रहेकी छिन् ।

दुर्घटनामा परि सख्त घाइते भएकी उनलाई थप उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल ल्याइएको थियो । उनको गए राति उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता मिलन थापाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार दुर्घटनामा परि घटना स्थलमै मृत्यु हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम बनेम रहेका छन् । दुर्घटनामा चालकसहित १३ जना घाइते भएका थिए । चालकले घुम्तीमा मोड्न नसक्दा उक्त उक्त जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो ।