बिर्तामोड / प्रहरीले सोमराज विश्वकर्मा ठगी प्रकरणमा उनकी श्रीमतीलाई पनि पक्राउ गरेको छ । झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराजको ठगी प्रकरणमा उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालका अनुसार अनुसन्धानको क्रममा श्रीमतीको पनि संलग्नता देखिएपछि इलाका प्रहरी कार्यालय दमकले उनलाई (हिंजो) बुधबार घरबाट नै पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

सोमराज विरुद्ध साढे २४ करोड ठगी गरेर फरार भएका आरोप रहेको छ ।  पक्राउ परेकी सुभद्रा विश्वकर्मा विरुद्ध पनि ५/६ जना पीडितले किटानी जाहेरी दिएको र जाहेरी बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

गौरादह नगरपालिका वडा नं १ स्थित बजार घर भएका ५१ वर्षीय विश्वकर्माले स्थानीयहरुको करोडौं रकम हिनामिना गरि फरार भए पश्चात स्थानीय जनप्रतिनिधि र प्रहरीको विशेष समन्वयमा साउन ४ गते काँकडभिट्टाबाट उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका विश्वकर्मा दम्पतीको  इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।