काठमाडौं / केही दिनअघि मात्र ठूलो मात्रामा विमानस्थल बरामद भएको सुनको विषयलाई लिएर अर्थमन्त्री प्रकाशशरण महतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको समयमा उनले विमानस्थलको निरीक्षण गरेका हुन् ।

  विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछ समेत गरेका छन् । विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ ।