बिर्तामोड / झापाको मेचीनगर नगरपालिका स्थितबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका वडा नं -४ आइतबारेका २७ वर्षीय धिरज हिमाङ् रहेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको हिमाङ्लाई चेकजाँच गर्दा लगाएको जुत्ता भित्र लुकाएको  ३५ ग्राम खैरो हेरोइन सहित फेला परेको थियो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका हिमाङ्लाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।