काठमाडौं । ७३ जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस गरिएको छ ।सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।बढुवा सूची राजकुमार श्रेष्ठ, डिलाराम फूल्जेल, कमल के.सी., वीरवहादुर वड, आसकुमार कुमाल लगायत ७३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वम
काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी रहेको राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् । दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । क्षतीको विवरण आउन बाँकी छ ।
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई निवासबाटै पक्राउ गरेको हो।सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न माग गरेका थिए।शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सांसद शर्माले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए। नेपा
काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।उनका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो। त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी ढुंगेलले बताए। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए।शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।प्रहरीले यस प्रकरणमा संलग्न रहेको
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशभर सामा
झापा | दारी ग्याङ झापाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे तल्लो चोक मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा न:१ का अध्यक्ष अनिल वाग्ले,वडा न:५ का अध्यक्ष डेगेन्द्र कार्की
काठमाडौँ / पर्समा १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका- ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै- झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त विषयमा वकिल महमद अन्सारी र अली महमद अंसारीबीच शनिबार राति झै- झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगन्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रमम
झापा / पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता राई रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान साढे सात बजे श्रीमान् र छोरा खेतमा गएको अवस्थामा आगलागी भएको थियो । फुसको छानो भएको भान्छाघरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।
काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै पटक पटक प्रतिनिधि सभा बैठक स्थगित गर्दै आएका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए । एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद बैठक चल्न नसक्ने बताए । सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको छ । सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दि
बिर्तामोड / झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो ।खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोपमा किसानको साझेदारी फरक किसिमको छ । झापामा हालसम्म यो रोगबाट २० हजार चार सय २७ पशु सङ्क्रमित भएका छन् भने सा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.