काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी रहेको राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।

OM Sai Pathibhara Hospital

दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । क्षतीको विवरण आउन बाँकी छ ।