काठमाडौं ।   सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई निवासबाटै  पक्राउ गरेको हो।

सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न माग गरेका थिए।शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

OM Sai Pathibhara Hospital

सांसद शर्माले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए।

FB_IMG_1691683075892 नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संघीय संसद सचिवालयलाई जानकारी गराएको छ ।

प्रहरी अतिरिक्त महानिर्देशक (एआईजी)किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन्

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।FB_IMG_1691683079650

कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा उनले चीनबाट एमबीबीएस अध्ययन गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको सीआइबीले बतायो ।