झापा  |  दारी ग्याङ झापाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे तल्लो चोक मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।

उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा न:१ का अध्यक्ष अनिल वाग्ले,वडा न:५ का अध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस झापा शाखाका जिल्ला सदस्य हरि पोखरेल ,रेडक्रस बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई ,ईलाका प्रहरी कार्यालय बुद्धशान्ति प्रमुख प्रविण भट्टराई ,सामाजिक ब्याक्तित्वहरु मनोरथ तिवारी ,चन्द्र प्रकाश कोइराला ,धिरेन्द्र ढकाल सहित संचारकर्मी,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो।

दारी ग्याङ झापाका उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य राम जंग भट्टराईले राखेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गरेका थिए।

वर्षाका कारण निर्धारित समय ९:३० बाट संचालन हुने भनिएको रक्तदान कार्यक्रम दुई घण्टा ढिलो गरि ११:३० बाट मात्रै सुरु हुन सकेको अवस्थामा ५४ पिन्ट रगत संकलन हुनु उल्लेख रहेको दारी ग्याङ झापाका अध्यक्ष पौडेलले बताएका छन् ।