झापा / पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता राई रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साढे सात बजे श्रीमान् र छोरा खेतमा गएको अवस्थामा आगलागी भएको थियो । फुसको छानो भएको भान्छाघरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital