समाचार

    Showing 18,831-18,840 of 23,843 items.
  • आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने , उम्मेदवारहरूले आजै चुनाव चिह्न पाउँदै

    झापा / निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् ।

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 54 पटक पढिएको
  • प्रदेश १ सहित केही स्थानहरूमा वर्षाको सम्भावना

    काठमाडौँ / हाल प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा  भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेकाले  आज राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मे

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 53 पटक पढिएको
  • बाढी पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

    काठमाडौं  / पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ ।  ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरामा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले बितेको २४  घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेका प्राधिकरणले जनाएको

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 91 पटक पढिएको
  • स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज'

    काठमाडौँ / स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।उपचारमा संलग्न डा निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको बताए । उनले कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको बताए ।‘स्वास्थ्यमा सुधार छ । अलि अलि खोकी छ । त्यो विस्तारै ठिक हुन्छ । आज आफै हिडेर तलसम्म जानु भयो । थप समस्या परेमा उपचार त भई नै हाल्छ । अहिलेलाई हामीले डिस्

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 72 पटक पढिएको
  • सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

    झापा / सर्लाहीको हरिवन नगरपालिका -४ लखन्देही पुल नजिक हिजो साँझ सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय युवक  रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २-०३-००१ च १९२४ नम्बरको जिपले सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 76 पटक पढिएको
  • मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि गर्भवती महिलाको मृत्यु

    झापा / हुम्लामा चार दिनदेखि  रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका -७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्यधिक रक्तश्रावबाट मृत्यु भएको हो ।छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका  सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्किएको जनाइएको छ  ।

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 54 पटक पढिएको
  • पेस्तोल देखाइ डकैती गर्ने समुहका ४ जना पक्राउ

    झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका -५ बिरेन्द्र चोकमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनी ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका -२ का २९ वर्षीय राजन पोर्तेल, शिवसतासी नगरपालिका-१ झापाका २६ वर्षीय चुन बहादुर सुनार, अर्जुनधारा -१० झापाका २५ वर्षीय मणिराज पोर्तेल र सिदिङवा गाउँपालिका -५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ वर्षीय टाइगर भन्ने गजेन्द्र लिम्बू रहेका छन । गत असोज १७ गते बिहान कन्चन मनी ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनी ट्रान्सफरका कर्मचारी ३३ वर्षीया आशामाया प्रध

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 85 पटक पढिएको
  • ताप्लेजुङका युवकको झापामा हत्या , हत्यामा संलग्न ३ जना पक्राउ

    बिर्तामोड / ताप्लेजुङको सिदिम्बा गाउपालिका -४ सुरुमखिम घर भई हाल झापा अर्जुनधारा नगरपालिका -११ बसपार्क छेउ बस्दै आएको २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला इलाम इलाम  नगरपालिका -९ स्थायी घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका -११ स्थित रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बषिएय इन्द्र बहादुर अधिकारी , जिल्ला पाँचथर फिदिम नगरपालिका -१२ घर भई सोही होटलमा काम गर्ने २१ बर्षीय को अमृत आचार्य र जिल्ला पाँचथर फालेलुङ गाउपालिका - ७ स्थायी घर भई हाल सोही होटेलमा काम गर्ने स्टाफ अमृत आचार्यको श्रीमती २३  ब

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 398 पटक पढिएको
  • यी हुन् कालिकोटमा पहिरोमा परि बेपत्ता भएका १३ जना (सूची सहित)

    झापा / कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डीएसपी चक्र शाहले बताए ।शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । बेपत्ताहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।बेपत्ता हुनेहरू : १. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष २. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष ३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  ३६ वर्ष ४. खगेन्द्र

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 102 पटक पढिएको
  • सुन जस्तो देखिने पहेलो धातु सहित विमानस्थलबाट एक पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङ रहेका छन् । उनलाई करिब ६० ग्राम तौलको औंठी ३ थान र आईफोन मोबाइल २ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाइल फेला पारी पक्राउ गरेको हो । उक्त धातु र मोबाइल सहित उनलाई आवश्यक क

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 73 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.