काठमाडौं । नेपाल आयल निगमको वितरण विभाग र थानकोट डिपोमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौंको कलंकीस्थिल बाबा पट्रोल पम्पलाई अनुमति विना इन्धन बिक्री गर्ने जिम्मा दिइनुलाई डिपो र वितरण विभागको भूमिका शंकास्पद भएको भन्दै आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

OM Sai Pathibhara Hospital

नेपाल आयल निगमको कर्मचारीको मिलोमतोमा इन्धन बिक्रेता नियमावली विपरीत कलंकीमा गैह्रकानुनी रुपमा सञ्चालनमा आएको बाबा पेट्रोल पप्मलाई इन्धन बिक्री गर्न अनुमति दिएको पाइएकोले अख्तियारले छनबिन अगाडि बडाएको हो। 

अख्तियारले ५ भदौमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै सो प्रकरणको छानबिन गर्न र सोको प्रतिवेदन उपलब्ध गराइ दिन भनेको थियो । अख्तियारको पत्रसँगै मन्त्रालयले ५ दिन भित्रै सम्पूर्ण विवरण उपलब्ध गराउन आयल निगमलाई पत्राचार गरेको थियो ।

अख्तियार स्रोतकाअनुसार कलंकीमा रहेको बाबा पेट्रोल पम्प नजिकै रहेको एक पम्प लामो समयदेखि बन्द अवस्थामा थियो । पुरानो ग्राहकले बिक्री गरेको पम्प सडकको मापदण्डमा नपरेपछि पछिल्लो समय पम्प किन्नेले पम्प सञ्चालन गर्न पाएका थिएनन् । 

मापदण्ड र अनुमति बेगर नै इन्धन खरिदको अनुमति पाएको पम्पले असुरक्षा बढेको भन्दै स्थानीयले निगममा उजुरी गरेका थिए । तर, निगम नेतृत्वले त्यसलाई बेवास्ता गरेपछि स्थानीयहरु अख्तियार पुगेको स्रोतले जनाएको छ ।