काठमाडौं   ।   पूर्व–पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । दुघर्टना भएको सवारी चालक फरार रहेकोर उनको खोजिकार्य भइरहेको छ ।

OM Sai Pathibhara Hospital

पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ