काठमाडौं । बुधबार बिहान  काठमाडौंबाट जनकपुर उडान नं ५०२ बाट जनकपुर उडेको ९ एन-एजेओ विमानमा  प्राविधिक समस्या देखिएको थियो ।

नेकपा एमालेमा शीर्ष नेता चढेको उक्त विमानमा समस्या देखिएपछि विमानलाई काठमाडौंमा अवतरण गराई यात्रुलाई अर्को विमानबाट जनकपुर पठाइएको थियो ।

OM Sai Pathibhara Hospital

काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्ध एयरको विमानमा पनि समस्या देखिएको छ । बुधबार बेलुका ८:३० मा काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्ध एयरको बीएचए ८०५ नम्बरको विमानमा समस्या देखिएको हो ।

भैरहवा उडानका लागि पार्किङबाट ट्याक्सी वे मा पुगेको विमानको इन्डिकेसनमा समस्या आएपछि  ट्याक्सी वे बाट पार्किङमा फिर्ता भएको छ । विमानमा भएको समस्याको विषयमा जाँच भइरहेको स्रोतले जानकारी दियो ।

एकै दिन दुईवटा विमानमा समस्या देखिनु गम्भीर भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी बताउँछन् ।