काठमाण्डौ । नेपाली सेनाले इराकमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।

इराकका लागि संयुक्त राष्ट्र सहायता मिशन (यूनामी ) मा सहभागी हुन बाह्रौं डफ्फाका १८ जना नेपाली शान्ति सैनिकहरू बुधवार मिशन इलाकातर्फ प्रस्थान गरेका छन्।

OM Sai Pathibhara Hospital

यस्तै सो मिशनमा हाल तैनाथ एघारौं डफ्फामा कार्यरत १५ जना शान्ति सैनिकहरू बिहीवार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल यूनामी मिशनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन्।