समाचार

    Showing 18,611-18,620 of 25,945 items.
  • अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु

    झापा  ।  ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मङलबार बिहान ९ बजे छिमेकिको बारिमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका स्थानिय ५९ बर्षिय याम बहादुर लिम्बु र  निजको ज्वाई ३० बर्षिय सन्तोष लिम्बुलाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम ल्याइएको र थप उपचारको लागी बिर्तासिटी अस्पताल झापा लगीएकोमा उपचारको क्रममा मङलबार राती पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 136 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सडक संघर्ष गर्ने

    काठमाण्डौ    ।    आफै सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको घोषणा गरेको छ । माओवादी केन्द्रले परिवर्तन उल्ट्याउने प्रयास हुन थालेको भन्दै सडक संघर्षको कार्यक्रम घोषणा गरेको हो । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कसकाविरुद्ध सडक संघर्ष गर्ने भन्ने विषय भने प्रष्ट पार्न सकेको छैन् । मंसिर २२ देखि माओवादीले काठमाडौंमा संघर्षका कार्यक्रमको घोषणा गर्दै जनतालाई सूसुचित पार्ने दाबी गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध गर्न भन्दै यस्तो कार्यक्रम घोषना भएको छ ।माओवादी अध्यक्ष प्रचण्डले प्रध

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 393 पटक पढिएको
  • गाडीको ब्रेक फेल हुदा दुर्घटना, २ जनाको मृत्यु

    काठमाण्डौ   ।    गाडीको ब्रेक फेल भएर दुर्घटना हुँदा काभ्रेको पनौतीमा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको प्रहरिले बताएको छ ।कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको ह

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 272 पटक पढिएको
  • महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँदै

    काठमाडौँ   ।  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । यसअघि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।नेपाल बसाइका क्रममा महासचिव गुटे

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 231 पटक पढिएको
  • महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

    काठमाण्डौ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी र नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध कुटपिट आरोपमा प्रहरीमा उजुरी परेको छ।नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्। मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको उनको दाबी छ । एनआरएनए कार्यालयमा पुगेका समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा र पत्रकार शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार तथा कुटपिट गरेका थिए। कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ।एनआरएनएको महाधिवेशनमा धाँधल

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 298 पटक पढिएको
  • भन्सार छलीका सामाग्री भएको गोदाममा प्रहरीको छापा

    चपुर  ।  धनुषाबाट सशस्त्र प्रहरीले करिब १७ लाख मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ। आइतबार मिथिला नगरपालिका-१० बडहरीस्थित एक गोदामबाट प्रहरीले उक्त परिमाणको अवैध सामाग्री बरामद गरेको हो।बरामद गरिएका सामाग्रीको बजार मूल्य करिब १७ लाख बराबर हुन आउने धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। उनका अनुसार बेवारिसे अवस्थामा फेला परेको सो सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन।भन्सार छलीको समानबारे विशेष सूचना पाएपछि उक्त गोदाममा छापामारी गरेका थियौँ। यी सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन। जुन घरको गोदाममा ती सामाग्री राखिएको थियो त्यहाँ कोही पनि नभएको र

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 288 पटक पढिएको
  • सिरहाको तस्करी रोकिएन

    काठमाडौं । सिरहास्थित सशस्त्र प्रहरीका एसपी प्रमोद भारतीलाई तस्करी गराएको आरोपमा मुख्यालय तानिए पनि त्यहाँको तस्करी रोकिएको छैन । भर्खर गएका अर्का एसपी शिवप्रसाद गैरेले पनि भारतीकै जस्तो धन्दा शुरु गरेका छन् । जसको ज्वलन्त उदाहरण केही दिनअघि बिओपी ठाडीको एरियामा देखिएको थियो । ठाडी बिओपीका एक हबल्दारले सामान पास गराएबापत पैसा लिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।एसपीको मिलेमतो नभइ यो कार्य सम्भव नहुने श्रोतको दाबी छ । फिल्ड अनुभव नभएका गैरेले सिरहामा राम्रो काम गर्न नसकेको सुनिन थालेको छ । जसका कारण अहिले पनि सिरहाबाट हुने तस्करी रोकिएको छैन ।यता, माडर भन्सारबाट तस्करी गराएका डिएसपी पवन

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 211 पटक पढिएको
  • इजरायलले गर्‍यो युद्धविराम अस्वीकार

    एजेन्शी  । इजरायलका प्रधानमन्त्री  बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 130 पटक पढिएको
  • इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान

    काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ।मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ। सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ।”दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पह

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 179 पटक पढिएको
  • डिल्लीराम खनाल पक्राउ

    काठमाडौं   ।  सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका  डिल्लीराम खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक  पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो ।रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ । खनालले सेनाको विषयमा क

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.