काठमाडौं । सिरहास्थित सशस्त्र प्रहरीका एसपी प्रमोद भारतीलाई तस्करी गराएको आरोपमा मुख्यालय तानिए पनि त्यहाँको तस्करी रोकिएको छैन । भर्खर गएका अर्का एसपी शिवप्रसाद गैरेले पनि भारतीकै जस्तो धन्दा शुरु गरेका छन् ।

जसको ज्वलन्त उदाहरण केही दिनअघि बिओपी ठाडीको एरियामा देखिएको थियो । ठाडी बिओपीका एक हबल्दारले सामान पास गराएबापत पैसा लिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

OM Sai Pathibhara Hospital

एसपीको मिलेमतो नभइ यो कार्य सम्भव नहुने श्रोतको दाबी छ । फिल्ड अनुभव नभएका गैरेले सिरहामा राम्रो काम गर्न नसकेको सुनिन थालेको छ । जसका कारण अहिले पनि सिरहाबाट हुने तस्करी रोकिएको छैन ।यता, माडर भन्सारबाट तस्करी गराएका डिएसपी पवन खड्का र रामहरि खड्कालाई जोगाउने चलखेल भएको छ ।