काठमाण्डौ   ।    गाडीको ब्रेक फेल भएर दुर्घटना हुँदा काभ्रेको पनौतीमा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको प्रहरिले बताएको छ ।

OM Sai Pathibhara Hospital

कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना रहेकी छिन् । उनको टाउको र घाँटीमा चोट अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।