काठमाण्डौ    ।    आफै सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको घोषणा गरेको छ । माओवादी केन्द्रले परिवर्तन उल्ट्याउने प्रयास हुन थालेको भन्दै सडक संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कसकाविरुद्ध सडक संघर्ष गर्ने भन्ने विषय भने प्रष्ट पार्न सकेको छैन् । मंसिर २२ देखि माओवादीले काठमाडौंमा संघर्षका कार्यक्रमको घोषणा गर्दै जनतालाई सूसुचित पार्ने दाबी गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध गर्न भन्दै यस्तो कार्यक्रम घोषना भएको छ ।

OM Sai Pathibhara Hospital

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सडक संघर्ष गर्न लागेका छ्न। माओवादी जे भए पनि क्रान्तिकारी नै हो भनेर देखाउॅंन खोजेको देखिन्छ । कालोबजारी नियन्त्रण गर्नु पर्ने, सामाजिक सद्भाव कायम राख्नु पर्ने, सामाजिक न्याय प्रदान गर्न सरकार लाग्नुको साटो आन्दोलनको घोषणा  माओबादिले गरेको छ।