काठमाडौं   ।  सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका  डिल्लीराम खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक  पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ । खनालले सेनाको विषयमा के अभिव्यक्ति दिएका थिए भन्ने विषय चाहिँ रायले भने खुलाएका छैनन ।

दमक नगरपालिका वडा नं. ५ झापा घर भई हाल काठमाडाैं बस्ने ४६ वर्षीय खनाल यसअघि नायिका करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।