झापा  ।  ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मङलबार बिहान ९ बजे छिमेकिको बारिमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका स्थानिय ५९ बर्षिय याम बहादुर लिम्बु र  निजको ज्वाई ३० बर्षिय सन्तोष लिम्बुलाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम ल्याइएको र थप उपचारको लागी बिर्तासिटी अस्पताल झापा लगीएकोमा उपचारको क्रममा मङलबार राती पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।