काठमाण्डौ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी र नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध कुटपिट आरोपमा प्रहरीमा उजुरी परेको छ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्। मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको उनको दाबी छ । 

OM Sai Pathibhara Hospital

एनआरएनए कार्यालयमा पुगेका समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा र पत्रकार शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार तथा कुटपिट गरेका थिए। कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ।

एनआरएनएको महाधिवेशनमा धाँधली गरेर केसीलाई निर्वाचित घोषणा गरेको भन्दै महेश श्रेष्ठ र शर्मा पक्षले समानान्तर समिति गठन गरेका छन्। एनआरएनएमा को आधिकारिक भन्नेमा अहिले विवाद चुलिएको छ । 

एनआरएनएको विवाद भईरहेका बेला सो कार्यलयमा दलबल सहित बस्नेत पुगेका थिए । सो क्रममा निर्वाचन परिणाम अस्वीकार गर्दै अध्यक्ष घोािषत गरिएका आरके शर्मा लगायतककामाथि हातपात भएको थियो । त्यसको रिपोर्टीगं गर्दै गरेका बेला आफूमाथि आक्रमण भएको शर्माको दाबी छ ।