चपुर  ।  धनुषाबाट सशस्त्र प्रहरीले करिब १७ लाख मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ। आइतबार मिथिला नगरपालिका-१० बडहरीस्थित एक गोदामबाट प्रहरीले उक्त परिमाणको अवैध सामाग्री बरामद गरेको हो।

बरामद गरिएका सामाग्रीको बजार मूल्य करिब १७ लाख बराबर हुन आउने धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। उनका अनुसार बेवारिसे अवस्थामा फेला परेको सो सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन।

OM Sai Pathibhara Hospital

भन्सार छलीको समानबारे विशेष सूचना पाएपछि उक्त गोदाममा छापामारी गरेका थियौँ। यी सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन। जुन घरको गोदाममा ती सामाग्री राखिएको थियो त्यहाँ कोही पनि नभएको र अनुसन्धान गरिरहेको मल्लले जानकारी दिए।

राजस्व भन्सार सुरक्षा बेस जनकपुरधाममा कार्यरत प्रहरी निरीक्षक मुकुन्द घिमिरेसहितको नेतृत्वमा खटिएको टोलीले गोदामबाट अवैध रुपमा स्टोर गरी राखिएको समानहरू फेला पारेको थियो। 

गोदामबाट करिब १४ लाख ८० हजार बराबरको मोबाइल डिस्प्ले, २ लाख ५० हजार बराबरको कपडा सामाग्री गरी जम्मा  १७ लाख ३० हजारको रुपैयाँको सामाग्री बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएका सामाग्री जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।