समाचार

    Showing 18,581-18,590 of 25,945 items.
  • सशस्त्रले भूकम्पग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीसहितको सय भन्दा बढीको टोली खटायो

    काठमाण्डौ   ।   शुक्रबार मध्यराति  जाजरकोट  केन्द्रविन्दु भएर भूकम्प गएको छ।   ६.४ म्याग्निच्युडको भूकम्प  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११: ४७ मिनेटमा गएको छ।नेपाल एपिएफ अस्पताल बलम्बुबाट ९ जनाको मेडिकल टोली जाजरकोट गएका छन्। शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो। उनीहरु नेपाली सेनाको स्काइ ट्रक मार्फत जाजरकोट गएको सशस्त्र प्रहरीले जनाएको छ।जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ।जाजरकोटम

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 331 पटक पढिएको
  • भूकम्प अपडेट -५ ; मृतकको संख्या १३२ पुग्यो, १५५ बढि घाइते, उद्दार जारि

    काठमाण्डौ    ।   शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट अमरराज पुनले जनाएका छन् ।भूकम्पमा पारी जाजरकोटमा मात्र ९३ जनाको मृत्यु भएको छ । यस्तै, ६५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए ।  यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३९ जनाको मृत्यु भएको छ । त्यहाँ ९० जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ । यस्तै, भूकम्पमा परी १५५ जना घाइते भएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 294 पटक पढिएको
  • जाजरकोट स्वास्थ्यकर्मीसहित उद्धारका लागि हेलिकोप्टर जाँदै

    काठमाण्डौ   ।   सरकारले जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकोप्टर पठाउने तयारी गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकोप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ । भूकम्पबाट क्षति भएका थप विवरणहरू आइरहेका छन् ।  भूकम्पका कारण जाजरकोटमा सयौँ घाइते भएका छन् । स्वास्थ्यकर्मी र औषधिको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतबाट स्वास्थ्यकर्मी तथा औषधि पठाउन ल

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 200 पटक पढिएको
  • प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ त्यस क्षेत्रमा गएका छन् ।जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएराति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्रमा जाने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन ।प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा गएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उ

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 289 पटक पढिएको
  • भुकम्प अप्डेट -४; जाजरकोट भुकम्प : ७३ को मृत्यु, १५० बढि घाइते

    काठमाडाै । जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर शनिबार विहानसम्म ७३ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर १५० जना घाइते भएका छन्।‘शनिबार विहान छ बजेसम्मको तथ्याङ्क अनुसार ७३ जनाको मृत्यु हुनुका साथै १५० जना घाइते भएको जानकारीमा छ,’ उनले भने, ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ।’प्रहरीका अनुसार जाजरकोटमा ४४ जना र रुकुममा २७ जनाको शव निकालिएको छ। प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जन

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 290 पटक पढिएको
  • उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन, उद्धार एवं राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

    काठमाण्डौ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राति जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारका अपिल गरेका छन्।   घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको उनले जानकारी दिएका छन् ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित ब्जएको प्रचण्डले भनेका भनेको शुक्रबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन।

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 300 पटक पढिएको
  • भुकम्प अप्डेट -३; उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

    काठमाण्डौ   ।   जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन ।उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । उनका अनुसार जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको उनले बताए ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 385 पटक पढिएको
  • भुकम्प अपडेट-२: हाल सम्म मृत्यु हुनेको संख्या २२ पुग्यो १५० भन्दा बढि घाइते, थप विवरण आउन बाँकि

    काठमाण्डौ   ।   शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट अमरराज पुनले जनाएका छन् ।शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा २२ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै १८ बढीको मृत्यु भएको हो ।भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमा

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 331 पटक पढिएको
  • भुकम्प अप्डेट-१; जाजरकोट केन्द्र बिन्दु ६.४ रेक्टरको भुकम्प, १४ जनाको मृत्यु, भौतिक संरचनामा ठूलो क्षति

    काठमाण्डौ   ।   शुक्रबार मध्यराति  जाजरकोट  केन्द्रविन्दु भएर भूकम्प गएको छ।   ६.४ म्याग्निच्युडको भूकम्प  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा गएको छ।भुकुम्पले रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका ११ र १२ न. वडामा मात्र अहिले सम्म १० जनाको मृत्यु भएको दुखद खबर आएको छ । जाजरकोट,रुकुम,सल्यान लगायत वरिपरिको क्षेत्रमा भौतिक संरचना ठूलो क्षति पुगेका खबरहरु आयका छन !! जाजरकोटको रामीडॉडा केन्द्र बिन्दु भएर राति ११ः४५ बजे आएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट, रूकुम , सल्यान, सुर्खेत,  दैलेखमा ठूलो क्षति गरेको छ। भुकम्पको ठूल

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 747 पटक पढिएको
  • देशभर भुकम्पकाे धक्का; जाजरकोट केन्द्र बिन्दु ६ दशमलव ४ रेक्टर

    काठमाण्डौ  ।  देशभर भुकम्पकाे धक्का महशुस गरिएको छ। बिशेष गरेर लुम्बिनी र गण्डकी क्षेत्रमा ठुलो धक्का महशुस गरिएको छ। राति ११ः४८ बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो।पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।भुकम्पमापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट जिल्लाको बारेकोट गांउपालिकाको पैय गाउ केन्द्र

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 232 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.