काठमाण्डौ    ।   शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट अमरराज पुनले जनाएका छन् ।

भूकम्पमा पारी जाजरकोटमा मात्र ९३ जनाको मृत्यु भएको छ । यस्तै, ६५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए ।  

OM Sai Pathibhara Hospital

यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३९ जनाको मृत्यु भएको छ । त्यहाँ ९० जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ । यस्तै, भूकम्पमा परी १५५ जना घाइते भएका छन् ।