काठमाण्डौ । शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। ६.४ म्याग्निच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा गएको छ।
भुकुम्पले रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका ११ र १२ न. वडामा मात्र अहिले सम्म १० जनाको मृत्यु भएको दुखद खबर आएको छ । जाजरकोट,रुकुम,सल्यान लगायत वरिपरिको क्षेत्रमा भौतिक संरचना ठूलो क्षति पुगेका खबरहरु आयका छन !!
जाजरकोटको रामीडॉडा केन्द्र बिन्दु भएर राति ११ः४५ बजे आएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट, रूकुम , सल्यान, सुर्खेत, दैलेखमा ठूलो क्षति गरेको छ। भुकम्पको ठूलो धक्काको महसुस काटमाण्डौँ, चितवन सम्म भएको थियो।
११: ४७ मा गएको भुकम्पले घर भत्किदा च्यापियर रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका ११ का लक्ष्मी बिक र उनका ४ जना नाबालक छोरिहरु र अन्य ठाउँमा ९ जना गरि जम्मा १४ जनाको दुखद निधन भएको छ र यो संख्या अझै बढ्नेसक्ने जनाइएको छ । मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दछौं ।