काठमाण्डौ  ।  देशभर भुकम्पकाे धक्का महशुस गरिएको छ। बिशेष गरेर लुम्बिनी र गण्डकी क्षेत्रमा ठुलो धक्का महशुस गरिएको छ। राति ११ः४८ बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो।

पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

OM Sai Pathibhara Hospital

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

भुकम्पमापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट जिल्लाको बारेकोट गांउपालिकाको पैय गाउ केन्द्र बिन्दु रहेको ६ दशमलव ४ रेक्टर स्केलको गएको छ। धुकम्पकका कारण जाजरकोटको सदरमुकम खलंगा बजारमा घर भत्केका बारेकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले बताएका छ्न। थप अप्डेट ......