काठमाण्डौ   ।   शुक्रबार मध्यराति  जाजरकोट  केन्द्रविन्दु भएर भूकम्प गएको छ।   ६.४ म्याग्निच्युडको भूकम्प  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११: ४७ मिनेटमा गएको छ।

नेपाल एपिएफ अस्पताल बलम्बुबाट ९ जनाको मेडिकल टोली जाजरकोट गएका छन्। शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो। उनीहरु नेपाली सेनाको स्काइ ट्रक मार्फत जाजरकोट गएको सशस्त्र प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ।

जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको छ।

यस्तै नम्बर ६ बाहिनी सुर्खेतबाट डा निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली जाजरकोटको लागि खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

यसैगरी नम्बर २९ गण दाङबाट पश्चिम रुकुमको लागि सप्रनिको कमाण्डमा २१ जना र आश्रित गुल्म पूर्वी रुकुमबाट सप्रनानिको कमाण्डमा ११ जनाको टोली पश्चिम रुकुममा खटिएको छ।

नम्बर ४२ रिजर्भ गण बाँकेबाट सप्रनिको कमाण्डमा २५ जनाको टोली जाजरकोट र नेपाल एएफपी अस्पतालबाट सप्रनाउ डा रोशन पराजुलीको कमाण्डमा ९ जनाको (१८ जना) टोली मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकद्वारा पश्चिम रुकुमको चौरजहारीको लागि खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी थापाले बताए।