काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ त्यस क्षेत्रमा गएका छन् ।FB_IMG_1699062038651

जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएराति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्रमा जाने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन ।FB_IMG_1699062046076

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा गएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।FB_IMG_1699062050394

तत्कालै उद्दार, खोज र राहतका लागि नेपाली सेनाको १६ जनाकाे मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रधानमन्त्री प्रभावित क्षेत्रतर्फ गएको उनका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।Screenshot_2023_1104_093206

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सांसद जनार्दन शर्मा र स्वास्थ्यकर्मीको टोलीसहित त्यहाँ पुगेका दाहालले प्रमुख जिल्ला अधिकारीसमक्ष क्षतिबारे जानकारी लिएका छन् । उनी निरीक्षणका लागि भूकम्प क्षतिग्रस्त क्षेत्रमा जाने तयारीमा छन् ।