काठमाण्डौ   ।   सरकारले जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकोप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ । भूकम्पबाट क्षति भएका थप विवरणहरू आइरहेका छन् ।  

भूकम्पका कारण जाजरकोटमा सयौँ घाइते भएका छन् । स्वास्थ्यकर्मी र औषधिको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतबाट स्वास्थ्यकर्मी तथा औषधि पठाउन लागिएको छ ।