समाचार

    Showing 18,291-18,300 of 25,945 items.
  • अवैध सुनसहित २ जना पक्राउ

    काठमाण्डौ  ।  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध सुनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।सवारीसाधन जाँच गर्ने क्रममा बीरगञ्जबाट आउँदै गरेको बा.प्र.०३–००१ ख १७२७ नम्बरको बसबाट साहलाई ४ सय ५० ग्रामको ९ थान सुनको ब्रास्लेट र ना.५ ख ६२१७ नम्बरको बसमा सवार साहलाई ४० ग्राम सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।साहले जुत्ताभित्र र सिङले झोलाभित्र लुकाएर ल्याए

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 277 पटक पढिएको
  • त्रिभुवन विमानस्थलबाट ५५ केजी गाँजा बरामद

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद भएको छ। विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले जनाएको  छ । स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ । १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबार फर्मको नाममा आएपनि अहिले सबै नखुलेको अनुसन्धानका लागि लागू औषधी विभागमा पठाइएको हो ।विशेष सूचना प्

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 697 पटक पढिएको
  • कोदो र फापर फलाउने किसानलाई गाँउपालिकाले अनुदान दिने

    काठमाण्डौ   । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् ।गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरेका छन ।भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा रु २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गर

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 205 पटक पढिएको
  • राष्ट्रियसभा चुनावका लागि १२ दल दर्ता

    काठमाण्डौ   ।    माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको अन्तिम दिन शुक्रवारसम्म १२ वटा दलले आवेदन दिएका निर्वाचन आयोगले बताएको छ।दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका छन्। आवेदन परेका दलकाे निवेदनमाथि पर्सि आइतवार जाँचबुझ गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।आउँदो फागुन २० गते

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 208 पटक पढिएको
  • शनिबार काठमाडौं विभिन्न स्थानमा बिजुली काटिने

    काठमाण्डौ   ।   नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो।उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 342 पटक पढिएको
  • सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण अन्तरक्रिया

    काठमाण्डौ     ।    सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षाअवस्था बारेमा छलफल तथा अन्तरक्रिया गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्ति विकासका लागि मार्गदर्शक समेत हुने बताए।सो अवसरमा सीमा सुरक्षा, मानवश्रोत तथा कार्यविभाग प

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 353 पटक पढिएको
  • सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोक्यो

    काठमाडाैं । सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो।आवश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा ३ काे उपदफा १ बमाेजिम हडताल निषेधित क्षेत्र तय गरिएको सूचनामा जनाइएकाे छ ।राजपत्रमा प्रकाशित सूचनाअनुसार अब अस्पताल, औषधि उत्पादन तथा बिक्री-वितरणसम्बन्धी सेवा, बैंक तथा वित्त, डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्मतलगायतमा हड्ताल गर्न पाइने छैन ।सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेव

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 373 पटक पढिएको
  • बालिका बलात्कार गर्ने युवकलाई जन्मकैद

    काठमाण्डौ   ।    तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने युवकलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो। साथै मगरलाई रु ६ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ।मगरले ९ वर्षीया बालिकलाई करणी गरेका थिए। प्रहरीले उनीविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 191 पटक पढिएको
  • गृहले गर्‍यो २५ सहसचिबको सरुवा र पदस्थापना

    काठमाडौं । गृहमन्त्रालयले मातहातका २५ सहसचिब सरुवा र पदस्थापना गरेको छ । मन्त्रालयको निर्णयका आधारमा यस्तो निर्णय गरिएको हो ।पाँच जना गृह मन्त्रालयमा सहसचिवका रुपमा सरुवा तथा पदस्थापना भएका छन् । एकजना कसुरजन्य सम्पक्ति ब्यवस्थापन विभागको महानिर्देशनका रुपमा सरुवा भएका छन् ।त्यस्तै, झापाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका हुन ।बाँकी अन्य सबै प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा तथा पदस्थापना भएका छन् । मन्त्रालयले वरिष्ठ अधिकारीहरुको सेवा अ

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 441 पटक पढिएको
  • निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ।घटाइएको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निमगले जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँमा किन्न सकिने छ।निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.