काठमाण्डौ     ।    सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षाअवस्था बारेमा छलफल तथा अन्तरक्रिया गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्ति विकासका लागि मार्गदर्शक समेत हुने बताए।

OM Sai Pathibhara Hospital

सो अवसरमा सीमा सुरक्षा, मानवश्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमश नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा बशीराज दाहालले आ–आफ्नो विभागीय गतिबिधि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, कोषराज वन्त, सिहँ बहादुर श्रेष्ठ र पुष्पराम के.सीले समयानुकुल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकोले त्यसै अनुरुप लाग्नुपर्ने बताए। सीमा सुरक्षामा स्थानीय जनता सँगको सहकार्य महत्वपूर्ण हुने भएकोले संगठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको बताएका थिए ।