काठमाण्डौ   ।    तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने युवकलाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो। साथै मगरलाई रु ६ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ।

OM Sai Pathibhara Hospital

मगरले ९ वर्षीया बालिकलाई करणी गरेका थिए। प्रहरीले उनीविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो।