काठमाडौं । गृहमन्त्रालयले मातहातका २५ सहसचिब सरुवा र पदस्थापना गरेको छ । मन्त्रालयको निर्णयका आधारमा यस्तो निर्णय गरिएको हो ।

पाँच जना गृह मन्त्रालयमा सहसचिवका रुपमा सरुवा तथा पदस्थापना भएका छन् । एकजना कसुरजन्य सम्पक्ति ब्यवस्थापन विभागको महानिर्देशनका रुपमा सरुवा भएका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, झापाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका हुन ।

बाँकी अन्य सबै प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा तथा पदस्थापना भएका छन् । मन्त्रालयले वरिष्ठ अधिकारीहरुको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापना गरेको गृहले बताएको छ ।

 कसको जिम्मेवारी कहाँ ?