काठमाडाैं । सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा ३ काे उपदफा १ बमाेजिम हडताल निषेधित क्षेत्र तय गरिएको सूचनामा जनाइएकाे छ ।

OM Sai Pathibhara Hospital

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब अस्पताल, औषधि उत्पादन तथा बिक्री-वितरणसम्बन्धी सेवा, बैंक तथा वित्त, डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्मतलगायतमा हड्ताल गर्न पाइने छैन ।

सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरू कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न नपाइने जनाइएकाे छ।