काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ।

घटाइएको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निमगले जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँमा किन्न सकिने छ।

OM Sai Pathibhara Hospital

निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।

FB_IMG_1702651743555