काठमाण्डौ  ।  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध सुनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।

सवारीसाधन जाँच गर्ने क्रममा बीरगञ्जबाट आउँदै गरेको बा.प्र.०३–००१ ख १७२७ नम्बरको बसबाट साहलाई ४ सय ५० ग्रामको ९ थान सुनको ब्रास्लेट र ना.५ ख ६२१७ नम्बरको बसमा सवार साहलाई ४० ग्राम सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

साहले जुत्ताभित्र र सिङले झोलाभित्र लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको हो । सुन सहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको भण्डारीले बताए।