काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद भएको छ। विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।Screenshot_2023_1216_180920

बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले जनाएको  छ । स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ । १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

कार्यालयका अनुसार बुधबार फर्मको नाममा आएपनि अहिले सबै नखुलेको अनुसन्धानका लागि लागू औषधी विभागमा पठाइएको हो ।

विशेष सूचना प्राप्त भएपछि भन्सार कार्यालय र ब्यूरोको संयुक्त प्रयासमा यसरी ठूलो परिमाणको गाँजा बरामद भएको हो। सुन काण्डले मुलुक तातिरहेको मौका छोपेर गिरोहले गाँजासमेत तस्करी गरिरहेको यो घटनाले पुष्टि गरेको छ।