समाचार

    Showing 18,281-18,290 of 25,945 items.
  • कोशी प्रदेशमा ९ जना बन्द कर्ता पक्राउ

    बिराटनगर ।  कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने  राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी अध्यक्ष करूण राई, ज.स.पा. धरान सह‍-‍सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् । यसैगरी झापाको कमल गाउँपालिका-३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीक

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 296 पटक पढिएको
  • पृथ्वीमा खतरा हुन सक्ने; सौर्य आँधी पृथ्वीतर्फ तीव्र

    एजेन्शी  ।  नासाका वैज्ञानिकहरूले सूर्यमा देखापर्ने एक घटनाका कारण पृथ्वीमा खतरा हुन सक्ने चेतावनी दिएका छन् । नासाका अनुसार एक सौर्य आँधी धेरै तीव्र गतिमा पृथ्वीतिर बढिरहेको छ। डिसेम्बर १७ मा पृथ्वीमा ठोक्किने सम्भावना छ, जसले विश्वका धेरै ठाउँमा विनाश निम्त्याउन सक्छ ।मिडिया रिपोर्टका अनुसार गत बिहीबार नै सूर्यमा ठूलो विस्फोट भएको थियो जसलाई सोलार फ्लेयर भनिन्छ। जसका कारण अमेरिकामा सञ्चार सेवा ठप्प भएको छ । सर्टवेभ रेडियो ब्ल्याक आउट भयो। ह्याम रेडियो अपरेटरहरू पनि धेरै प्रभावित भएका छन्। जसका कारण मानिसहरूले धेरै समस्या भोग्नुपरेको छ।सन् २०२५ सम्म सूर्यमा लगातार विस्फोटहरू भइ

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 509 पटक पढिएको
  • झापा केर्खाबाट इलाम चुलाचुली १ का वार्ड अध्यक्ष ध्रुब लावती पक्राउ

    झापा  ।  झापाको केर्खाबाट इलाम चुलाचुली १ का निर्वाचित बर्तमान वार्ड अध्यक्ष ध्रुब लावतीलाई बन्दकै क्रममा प्रहरीले पक्राउ गरेको छ। कुमार लिन्देनले "ध्रुव लावतीलाइ बिनाशर्त नछाडे परिस्थिती गन्भिर हुन सक्छ" भनेका छन। लावती केही समय अघिको दुर्घटनाले गर्दा  अस्वास्थ र नियमित औषधि लिइरहेको छन।बन्द गर्दै हिडेका वडाध्यक्ष ध्रुब लावतीलाई प्रहरीले पक्राउ गरेकाे र उनलाई हाल ईलाका प्रहरी कार्यालय दमकमा राखिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइ

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 794 पटक पढिएको
  • शिक्षकबाट १४ वर्षीय बालिका बलात्कार

    चपुर । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित रोज बोर्डिङ स्कूलको होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् ।रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने एक महिलाकी १४ वर्षीया छोरी बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । उनी आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी थिइन् । घटनापछि शिक्षक यादव फरार छन् । बालिकाले राति नै आमालाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । शुक्रबार एकाबिहानै उनकी आमा स्कूल पुग्दा शिक्षक यादव फरार भइसकेका थिए ।स्कूलका सञ्चालक सञ्जय यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको पिडितकी आमाले बताइएकि छन। सञ्चालकको दबाबक

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 280 पटक पढिएको
  • भन्सार छलिको सामानसहित दुइजना सशस्त्र प्रहरी नियन्त्रणमा

    चपुर  ।  भन्सार छलिको  सामानसहित दुइजनालाइ प्रहरी नियन्त्रणमा लिएको छ। बाँके जिल्लाको खजुरा गाउँपालिका  ६ स्थित सिमलघारीबाट मंसिर २८ गते सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाइ नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य मध्य १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख ४० हजार रुपैयाँको पित्तलका मुर्ति, भाँडाबर्तन तथा स

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 504 पटक पढिएको
  • पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

    काठमाडौँ । अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो।‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहि

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 318 पटक पढिएको
  • धरानबाट पहिचानवादी कार्यकर्ता ५ जना पक्राउ

    झापा । एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने क्रममा कोशी प्रदेशबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्दगर्न खोज्ने ५ जनालाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको छ ।सडक अवरुद्ध गर्न खोजेको आरोपमा सुमन चेम्जोङ, करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवालाई प्रहरीले पक्राउ गरेको छ।प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।बन्द गर्न प्रदेशका विभिन्न स्थानमा पहिचानवादीहरू सडकमा निस्किएका छन् ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 508 पटक पढिएको
  • सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव

    काठमाण्डौ । सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले म

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 300 पटक पढिएको
  • टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाण्डौ । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ,१० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका  झिम्रुक गाउँपालिका ,४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने वर्ष १८ का सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।शुक्रबार साँझ नारायणपुरमा  तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशा बाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते भ

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 220 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जादै

    काठमाण्डौ  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार हेटौंडा जादैछन। उनी हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि जाँदै छन ।कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकारशरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगीहरुको उपस्थिती रहने  छ ।सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाका आफ्नै भव

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.